काठमाडौं, ९ जेठ । मुक्तिनाथ विकास बैंकले ईलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलामस्थित इलाम नगरपालिकाको चियाबारी–०७, पाटेनागी – ०१ मा र महोत्तरीस्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
दुबै ठाउँमा गरी ३५० कागतीका विरुवाहरुको वृक्षारोपण गरीएको बैंकले जनाएको छ ।
यस हरियाली अभियानले वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु¥याउने बैंकले दाबी गरेको छ । बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको बताएको छ ।
वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।