काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रमुख प्रतिपक्षलाई बोल्न नदिएको बताउनुभएकाे छ ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरे पनि समय नदिएको बताउनुभएकाे हाे ।
उनले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा एमाले र गिरिबन्धु टि स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाले जोगाउन खोजिएको जिकिर गर्नुभयाे ।
उहाँले आरोपीलाई पक्राउ नै नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताउनुभयाे । गिरिबन्धु टि स्टेट बिक्री प्रकरणमा पनि छानबिन समिति बनाउन उहाँले सुझाव दिनुभयाे ।
शर्माले गृहमन्त्री लामिछानेले संसद्मा आरोप लगाएका कांग्रेसका सबै नेता र परिवार लगायतमाथि छानबिन गर्न आफूहरू तयार रहेको पनि बताउनुभएकाे छ।
शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गर्नुभएकाे छ ।