काठमाडौं,११ जेठ । सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पिडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताउनुभयो । सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उहाले बताउनुभयो ।
उहाले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पिडा सरकारले सुन्नुपर्ने उल्लेख गर्नुभयो ।