स्याङ्जाका प्रअहरुको सङ्गठन प्यानको गठनः अध्यक्षमा काजिमान माविका ऋषिराम शर्मा

२०८१ जेष्ठ १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा ,१२ जेठ । स्याङ्जा जिल्लाका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलाबाट प्रिन्सिपल एसोसिएसन अफ नेपाल स्याङ्जाको अध्यक्षमा काजिमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा चयन हुनुभएको छ ।

त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा शनिबार भएको जिल्लाका प्रअहरुको भेलाबाट कार्यसमिति गठन भएको हो । सो कार्यसमितिको उपाध्यक्षमा दहथुम माध्यमिक विद्यालयका प्रअ तोयनाथ कोइराला, सचिवमा जनप्रदीप मावि आँधीखोलाका प्रअ डिलबहादुर थापा, सहसचिवमा गल्कोट मावि गल्याङका प्रअ विष्णुप्रसाद भट्टराई चयन हुनुभएको छ भने कोषाध्यक्षमा हुमकला बिक चयन हुनुभएको छ ।

समितिका सदस्यहरुमा डण्डापाणी बराल, दिप्तीनारायण शर्मा, रेशम खनाल, कुलानन्द खनाल, कौशिला पौडेल चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा मातृभूमि मावि पुतलीबजारका खडानन्द अर्याल र जीवनज्योति माविका बिरुवाका प्रअ सामबहादुर गुरुङ चयन हुनुभएको हो ।

उक्त भेलाको प्रमुख अतिथिमा गण्डकी प्रदेश लेखा समितिका सभापति माननीय सुधीरकुमार पौडेल, विशिष्ट अतिथिहरुमा स्याङ्जा जिल्ला समन्वय समिति सभापति श्रीप्रसाद जिटी, पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व काजिमान हरिटीका माध्यमिक विद्यालयका प्रअ ऋषिराम शर्माले गर्नुभएको थियो भने सञ्चालन भाग्योदय मावि भीरकोटका प्रअ रेशमलाल खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय