खेलकुद मन्त्रालयका लागि रु ३ अर्व ५० करोड बजेट बिनियोजन

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु ३ अर्व ५० करोड बजेट बिनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि मात्रै एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गर्नुभयो । उहाले अगामी आर्थिक बर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिनुभयो ।

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने , गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उहाले बताउनुभयो । मन्त्री पुनले काठमाडौंको मुलपानी र बिराटनगरको गरिजाप्रसादरंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिनुभयो । उहाले १० औं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न रु ६० करोड बिनियोजन गरेको जानकारी दिनुभयो ।

उहाले शिक्षकलाई खेलकुदको तालिम दिइ बिद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताउनुभयो । खेलकुद अर्थतन्त्रको बिकास गर्न निजि क्षेत्रसंग सहकार्य गर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय