आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न सकिदैन : पूर्वअर्थमन्त्री महत

२०८१ जेष्ठ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताउनुभएको छ ।

स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा बिषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताउनुभएको हो ।

बजेटले पर्यटन, स्वास्थ्य लगाएतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उहाले बताउनुभयो । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक बर्षको अवधिमा सरकारलाई दिएका केहि सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो । अझैपनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

उहाले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्यहुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय