काठमाडौ,१९ जेठ । बुटवल पावर कम्पनी (बिपिसी) को अस्वाभाविक विद्युत महशुल वृद्धि विरुद्धमा संसदीय पुर्वाधार विकास समितिमा उजुरी परेको छ ।
शुक्रबार संसदीय पुर्वाधार विकास समिति सिंहदरबार पुगेर सयुक्त संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले उजुरी दर्ता गराउनु भएको हो । समितिका सदस्य सांसद ठाकुर गैह्रे सहितको टोलि उजुरी दर्ता गर्न पुगेको थियो ।
विद्युत नियमन आयोगको सिफारिसमा जेठ १ गतेदेखि लागु हुने गरि बुटवल कम्पनीको आधिखोला जलविद्युत परियोजनाको मुल्य अस्वभाविक रुपमा वृद्धि भएपछि यस क्षेत्रका उपभोक्ताले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
विद्युत नियमन आयोगका तत्कालीन अध्यक्ष दिल्ली बहादुर सिंहले कार्यकाल सकिन लागेको दुई दिन मात्र बाकी हुँदा मुल्य वृद्धि गरेर अवकाश हुनुले यसमा धेरै आशंका गर्ने ठाउँ रहेको भन्दै मुल्य वृद्धि फिर्ताको माग गर्दै स्थानीयले संघर्ष समिति बनाएर निरन्तर आन्दोलनमा उत्रिएका हुन् ।
ग्रामीण परियोजना अन्तर्गत २०३९ सालमा स्थापना भएको आधिखोला जलविद्युत परियोजनाले स्थानीयलाई जग्गा अधिकरणको कुनै मुवाब्जा नदिएको र पछिल्लो समय नाफामा मात्रै केन्द्रित भएको भन्दै स्थानीयहरुको मुल्य वृद्धिको बिरोध गर्दै आएका छन् । समितिमा ज्ञापनपत्र दर्ता गर्दै सयुक्त संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले स्थापनाको समयमा स्थानीयसंग साझेदारी गर्ने भन्दै स्थानीयलाई तार तान्न लगाउने,पोलका खल्टा खन्न लगाउने,पोल बोक्न्न लगाउने,तर तान्न लगाउने,त्यति मात्रै नभएर जग्गाको मुआब्जा समेत नदिएको परियोजना पछिल्लो समय नाफामा मात्रै केन्द्रित भएको उहाँको भनाइ थियो । संयोजक बस्यालले भन्नुभयो ू सुरुमा हामीलाई सेवा गर्न आएको भन्दा जग्गाको मुआब्जा पनि दिएन,तार हामी आफै तानेउ,पोल हामी आफै गाडेउ अहिले आएर नाफा घाटाको मात्रै कुरा आउछ ।ू उहाँले नाफा घाटाको मात्रै कुरा गर्ने हो भने विद्युत प्राधिकरण बराबर मुआब्जा पाउनुपर्ने र पहिले काम गरेको पनि हिसाबकिताब हुनुपर्ने तर्क राख्नुभयो ।