काठमाडौँ,२० जेठ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” (Sky Walk Tower) को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० % सम्म छुट हुने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिनुभयाे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग द्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।