हिमाल हस्पिटलको सेवामा प्रभु बैंकका ग्राहकलाई विशेष छूट

२०८१ जेष्ठ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २१ जेठ । प्रभु बैंकका ग्राहकले हिमाल हस्पिटलको सेवामा विशेष छूट पाउने भएका छन् ।

कम्पनीका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको हो ।

सो कार्यका लागि हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएकाे छ।

उक्त अबसरमा बैंकको तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति थियो ।

उक्त सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिंदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०५ तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय