काठमाडौँ , २१ जेठ। नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताउनुभएको हो ।
पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नै पर्छ । नो नट अगेन भ्यु टावर । डाँडामा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ’, गुरुङको भनाइ छ ।
पूर्व कानुन मन्त्री समेत रहेका गुरुङले गाँजाबाट औषधीजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्न सके वार्षिक २ खर्ब राजश्व उठ्ने पनि बताउनुभयो । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरेर २ खर्ब रुपैयाँ, जडीबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैर कानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने हिसाब उहाँले पेश गर्नुभयो ।