प्रभु बैंक र हेयर एण्ड शान्ति बीच सौन्दर्य सेवामा विशेष छूट सम्झौता

२०८१ जेष्ठ २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २४ जेठ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा विशेष छूट पाउने भएका छन् ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे छ।

सो अवसरमा कम्पनीका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धि सेवा लिँदा थ्रेडिङ्ग बाहेकमा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुले ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा सौन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

 नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय