७ दिने आधारभूत उद्घोषण तालिम संचालन

२०८१ जेष्ठ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर, २७ जेठ । “सिप सिकौं आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ महालक्ष्मी नगरपालिका ९ स्थित श्री सिस्नेरी माध्यमिक विद्यालयको सभाहलमा शनिबारबाट ७ दिने आधारभूत उद्घोषण प्रशिक्षण तालिम संचालन भएको छ ।

“सहयोगी सामुदायिक सिकाई केन्द्र”को आयोजना र महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन भएको हो । युवाहरुको व्यक्तित्व बिकास गराउने उद्धेश्यले थालिएको उक्त कार्यक्रमको प्रमुख अतिथि महालक्ष्मी नगरपालिका मेयर हरीगोबिन्द श्रेष्ठबाट उद्घाटन भएको थियो ।

“सहयोगी सामुदायिक सिकाई केन्द्र”का अध्यक्ष बिष्णु कुमार चन्दको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर हरीगोबिन्द श्रेष्ठले व्यक्तित्व बिकासमा महत्वपूर्ण ठानिने यसप्रकारका कार्यक्रमहरुमा महालक्ष्मी नगरपालिका सँधै सकारात्मक रहने कुरा बताउनु भयो ।

बिशिष्ट अतिथि महालक्ष्मी नगरशिक्षा शाखा निर्देशक चिरञ्जिवी पौडेल र अतिथिहरुमा हिरा पौडेल, माधव चन्द, नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिलवाल, वडा अध्यक्ष विजय लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री सिस्नेरी माध्यमिक विद्यालयका प्रधानाध्यापक, मनोहरी बुढाथोकी, महिलानेतृ मिना पाठक, प्रशिक्षक मनोज राजभण्डारी र स्थानीय सुरक्षा निकाय समेतको उपस्थिति रहेको थियो ।

उद्घोषण प्रशिक्षण तालिममा सहभागी ५५ जना प्रशिक्षार्थी युवाहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय