युवराज पौडेल
स्याङ्जा, ४ असार । समयको मागसँगै प्रविधिले नवीन युगमा ठुलो छलाङ मारेको छ। इन्जिनियरिङले देशको विकास मात्रै नभई जनशक्ति उत्पादनका अलावा नयाँ सोचको विकास गरिरहेको छ। विद्यार्थीहरु धेरै सोच्ने र थोरै नै आफ्ना आइडियालाई वास्तविक जीवनमा उतार्न सफल हुन्छन्।हो, त्यस्तै आइडिया र विचारलाई वास्तविक जीवनमा ढाल्न तथा अनुभवी इन्जिनियरबाट प्रशिक्षणका लागि नै यन्त्र कार्यक्रमको आयोजना स्वतन्त्र विद्यार्थी परिषद्ले आयोजना गरेको थियो।
स्वतन्त्र विद्यार्थी परिषद्ले यहीँ असार १ र २ गते आयोजना गरेको यन्त्र कार्यक्रम पोखरामा रहेको सुन्दर पोखरा इन्जिनियरिङ कलेजमा भएको थियो। २ दिनसम्म चलेको कार्यक्रममा धेरै इन्जिनियर तथा आर्किटेक्टको उपस्थिति भएको उक्त कार्यक्रमका कार्यक्रम संयोजक तथा स्व वि प सचिव मिलन डुम्रेले बताए । यन्त्र कार्यक्रमको पूर्व सन्ध्यामा जेठ २९ गते यन्त्र कै प्रि कार्यक्रम पनि आयोजकले आयोजना गरेको थियो।
कार्यक्रममा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, संवादहरु, टेक्निकल टकशो, वर्कसप, इन्जिनियरिङ तथा आर्किटेक्चर प्रदर्शनी, अन्तर कलेज हेकाथोन, अन्तर कलेज ई( स्पोर्ट्स, अन्तर कलेज बास्केटबल, अन्तर कलेज टेबलटेनिस, चेस प्रतियोगिता भएको थियो भने आइडिया हन्ट प्रतियोगिता, लाइभ आर्ट प्रतियोगिता, लाईभ फोटोग्राफी प्रतियोगिता, कुईज मास्टर चेलेन्ज, टान्स टु कार्ट प्रतियोगिता जस्ता प्रतियोगिता भएको थियो। कार्यक्रमलाई थप रोमान्चक बनाउन स्व वि प ले असार १ गते साहित्यक साझँ आयोजना गरेको थियो भने असार २ गते सांगीतिक साझँ आयोजना गरेको थियो।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु, सांगीतिक प्रस्तुति तथा विद्यार्थीहरुले नै फुड स्टलहरु राखेका थिए।
असारको १ र २ गते भएको यन्त्र कार्यक्रम पोखरामा नै पहिलोपटक आयोजना हुन भएकाले नेपाल देश भरि कै इन्जिनियर र आर्किटेक्टहरुलाई पोखरामा निमन्त्रणा गरिएको थियो। यसै कार्यक्रममा गोरखाका पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई। दिपक बाबू कंडेल, विभिन्न विद्यालयको नेतृत्व गर्नुभएको तथा इन्जिनियर अनुप श्रेष्ठ, राष्ट्रिय आविष्कार केन्द्र गण्डकी प्रदेश आइ सि टि ल्याब संयोजक ई। हरि पहारी, ल्या ग्राण्डी कलेजका प्रिन्सिपल ई।किरण केसी, पोखरा विश्वविद्यालयका प्राध्यापक ई। अर्जुन गौतम तथा पोखरा इन्जिनियरिङ कलेज प्रिन्सिपल ई। सोम गुरुङले छुट्टाछुट्टै विषयमा संवाद गर्नुभएको थियो।यसका साथसाथै नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय सदस्य ई। विद्या बराल ,पोखराको सहरी विकासको विषयका जानकार किसान सिंह गुरुङ, विभिन्न विश्वविद्यालय तथा कलेज र प्रशासन क्षेत्रमा आबद्ध व्यक्तिवहरुले टेक्निकल संवाद गर्नुभएको थियो भने विभिन्न व्यक्तिहरुले वर्कसपको कार्यक्रममा आउनु भएको थियो। कार्यक्रम २ दिनको भएकाले ३६ घण्टाको हेकाथोन कार्यक्रम पनि स्व वि प ले यसै अवसरमा आयोजना गरेको थियो। विद्यार्थीहरु मात्रै नभइ अभिभावकहरुलाई समेत निमन्त्रणा गरिएको भएकाले कार्यक्रममा अभिभावकहरुको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको विषयसमेत डुम्रेले जानकारी दिनुभएको छ।
२ दिनको कार्यक्रम भएकाले विद्यार्थीहरुलाई ५ बजेपछि पहिलो दिन साहित्यक साझँमा पोखरा कै प्रसिद्ध साहित्यकार प्रान्जोल, तुरूपक जस्ता साहित्यकारको उपस्थिति रहेको थियो र नृत्य प्रतियोगिता पनि सोही दिन गरिएको थियो भने दोस्रो दिनमा प्रसिद्ध साङ्गितिक समूह दि वेभ ब्यान्ड ल्याएर सांगीतिक साझँ सम्पन्न गरिएको थियो। कार्यक्रम व्यवस्थापनमा पोखरा इन्जिनियरिङ कलेजका सबै विद्यार्थीहरु लागेका थिए भने मंगलबार उक्त कार्यक्रमको प्रि कार्यक्रमसमेत आयोजना गरिएको थियो। उक्त प्रि कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिताको छनोट, नृत्यहरु तथा विभिन्न सांगीतिक प्रस्तुतिसमेत विद्यार्थीहरुले देखाएका थिए। यन्त्र जस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह तथा ज्ञान बढ्ने विषयहरु पनि उपस्थित व्यक्तिहरुले गरेका थिए।