पूजा खड्का
स्याङ्जा, १३ असार । बिहीबार सार्वजनिक भएको एस इ इको रिजल्टमा स्याङ्जा जिल्लाबाट सुसान मरासिनीले चार जी पी ए ल्याएर जिल्लामै उत्कृष्ट हुनुभएको छ। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका त्रिभुवन आदर्श मा वि मा अध्ययनरत सुसानले यस पटक को स्याङ्जा जिल्ला मै उत्कृष्ट रहेको जिल्ला शिक्षा शाखा सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो।
सरकारी विद्यालयमा पढेका विद्यार्थी भन्दा निजी विद्यालयमा पढेका विद्यार्थी बढी सिपालु हुन्छन् भन्ने मान्यतालाई चुनौती दिँदै सरकारी विद्यालय पढ्ने विद्यार्थीले चार जीपिए ल्याएर स्याङ्जा जिल्ला मै उत्कृष्ट रहनु भएको छ।
स्याङ्जा जिल्लाबाट चार जिपिए भन्दा कम ३.९५ जीपिए ल्याएर उत्कृष्टमा पनि दुई जना त्रिभुवन आदर्श मा बि पुतलीबजार कै विद्यार्थी रहेका छन् । त्यसै गरी चिराग आबासीय मावि गल्याङबाट एकजना , ज्योति बोर्डिङ्ग आवासीय माविबाट एक जना र रोशनी आवासीय मावि बाट एक जना गरी पाँच जना रहेको सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो। त्यसै गरी ३.६ देखि ४ जिपीए को रेञ्जमा रहने मध्य स्याङ्जा जिल्ला बाट १७२ जना विद्यार्थी रहेको स्याङ्जा शिक्षा शाखाको सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो।
चैत्र १५ देखि २७ सम्म संचालनमा आएको एस इ इ मा स्याङ्जा जिल्ला बाट ४०७२ जना विद्यार्थी सहभागी मध्य १७७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जस मध्य ४९ जना प्राविधिक तर्फ उत्तीर्ण भएका छन् । प्राविधिक तर्फ १५८ जना विद्यार्थी एस इ इ मा सहभागी भएका थिए।