युबराज सुवेदी
स्याङ्जा ,१५ असार । बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले गुरुकुललाई कसैले पनि नराम्रो दृष्टिले हेर्न नहुने बताउनु भएको छ अध्यक्ष पौडेलले भन्नुहुन्छ,अहिले देशभरी SEE को रिजल्टको चर्चा चलिरहेको छ। बिशेषत निजि बिधालय र सरकारी बिचको रिजल्टको विश्लेषण हुने गरेको छ। सरकारी बिधालयमा राज्यको ठूलो लगानी हुँदै गर्दा पनि रिजल्ट राम्रो आएको छैन। त्यसतै अहिले संस्कृत गुरुकुलहरुको पनि चर्चा चलेको छ।राज्यको राम्रो संग हेरचाह र दृष्टि नपुग्दा पनि गुरुकुलहरुको समग्र रिजल्ट राम्रो आएको छ।त्यस्तै केही उदाहरणहरु दिदै,पौडेललेले भन्नुहुन्छ,काठमाडौं वनकालीस्थित नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयबाट SEE परीक्षामा सहभागी २४ विद्यार्थी मध्येबाट १५ जनाले ३.६५ माथि र बाँकी ९ जनाले ३.६० जिपिए ल्याएर सबै परीक्षार्थी उत्तीर्ण हुन सफल भएका छन् ।
तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलबाट SEE परीक्षामा सहभागी २० जना विद्यार्थीमध्ये १९ जनाले ३.६ भन्दा माथि र १ जनाले ३.५५ जिपिए ल्याएका छ्न।
तर सामान्य आय, सामान्य सहयोगमा चलेका गुरुकुल, जहाँ विद्यार्थीले गौपालन र कृषिकर्म पनि आफैं गर्छन्, नतिजा उत्कृष्ट छ । गुरुकुलबाट नेपालको सरकारले सिक्नुपर्यो अब, उत्कृष्ट विद्यार्थी कसरी उत्पादन गर्ने भनेर बालतपस्वी संस्कृत गुरुकुल, स्वर्गद्वारीका सबै विद्यार्थीले क्भ्भ् परीक्षा विशिष्ट श्रेणीमा पास गरेका छन् ।
श्री मनकामना गुरुकुलका पनि सबै विद्यार्थीले SEE पास गरेका छन्। कपिलवस्तुको वाणगंगा न.पा २ मा रहेछ यो गुरुकुल । काठमाडौंको गौशालामा रहेको श्री वेङ्कटेश गुरुकुलका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।रामनदी धाम संस्कृत गुरुकुलमा ८o % बिधार्थी उतिर्ण भएका छ्न। यी त केही गुरुकुलहरुको उदाहरण मात्र हो।गुरुकुलमा अनुशासन ,कर्म लगायतका हरेक कुराहरु सिकाइने गर्छ।गुरुकुलमा राज्यको कम लगानी हुँदै गर्दा पनि राम्रो नतिजाले सबै जनालाई अचम्मित पारेको छ।कतै अब नेपालको शिक्षा प्रणाली गुरुकुलिय पद्दतिमा लानु पर्ने अबस्था त आएको होइन भन्ने प्रश्न उठेको छरुरुगुरुकुलमा योग,ज्योतिष बिज्ञान ,संस्कृत ब्याकरण लगायतका बिषयहरु अध्यापन हुने गर्छ।त्यहा ब्यबहारिक ज्ञानलाई पनि जोड दिने गरिन्छ। २o२८ सालको शिक्षा नीति बाट नै नेपालमा गुरुकुलहरुलाई हेर्ने नजर फरक हुँदै आएको छ।त्यहाबाट गुरुकुलहरुलाई बढाउनको साट्टो घटाउने काम भएको छ्न।झन संघीयताको कार्यनयन पछि त गुरुकुलहरुले पाउने अनुदानमा पनि विभेद गर्न लागिएको भनेर धेरैले भन्ने गरेका छ्न।यस्ता क्रियाकलापहरुले गर्दा गुरुकुलहरुलाई समस्यामा पारेको छ।धेरै गुरुकुलहरु केही सहयोगी दाताहरुबाट चलेका छ्न।सरकारले बिधालय शिक्षा र गुरुकुलिय शिक्षामा धेरै गहिरो खाडल बनाएको छ।गणतन्त्रको स्थापना पछि त सरकारबाट नै संस्कृत शिक्षालाई मास्नलाई लागि परेका छ्न।नैतिक र संस्कृत शिक्षा जुन दिनबाट हटाइएको त्यही दिनबाट नराम्रा दिन सुरु भएका छन।संस्कृत र गुरुकुललाई धेरै नै उपेक्षा गरिएको छ।त्यसो हुँदै गर्दा पनि अहिले गुरुकुलहरुको SEE को नतिजाले खुसी तुल्याएको छ।अहिले धेरै जनामा नैतिक शिक्षाको कमि भैराख्दा गुरुकुलका बिधार्थीमा नैतिक शिक्षा संस्कार शिक्षा भएको देखिने गरेको हामिले पाउने गरिन्छ। त्यसकारण गुरुकुलहरुलाई हेर्ने नजर परिबर्तन हुन जरुरी छ।सरकारले गुरुकुललाई उच्च प्राथमिकताको साथ हेरिनु पर्छ। अध्यक्ष पौडेल ले हेर्नेकुरा अनलाइन लाई बताउनु भयो।