स्याङ्जा भिरकोटले मनायो धान दिवस

२०८१ असार १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,१६ असार । स्याङ्जा भिरकोट नगरपालिकाको वडा नम्बर ५ श्री नब सृजना कृषि सहकारीको आयोजनामा भिरकोटमा धान दिवस मनाएकाे छ ।

भिरकोटकाे वडा नम्बर ५ र ८ मा पर्ने चक्ला बन्दी फाँटमा शनिबार धान दिवस कार्यक्रम बाजागाजा सहित रोपाइँ कार्यक्रम सम्पन्न  गरेकाे हाे ।

कार्यक्रममा भिरकोट प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै उहाले उत्पादनलाई प्रविधि सङ्ग जोड्दै सहज बनाउन आवश्यक रहेको र कृषि लाई प्राथमिकता दिँदै कृषि उत्पादन बढाउन मल जल को राम्रो व्यवस्था र कृषिलाई समस्या हुने प्लास्टिक जन्य सामग्री विस्थापित गर्न आवश्यक रहेको जानकारी गराउनुभयो। यसको लागि नगर ले प्लास्टिक मुक्त नगर बनाउन दुई दुई झोला वितरण गर्ने यसको लागि सबैले यसलाई साथ दिन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा स्याङ्जा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जा जिल्लाले कृषिलाई प्राथमिकता दिँदै विभिन्न ठाउँमा कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै भिरकोटले एक ठाउँमा यहां सुरुवात गरेको छ। त्यसै गरी वडा नगर कृषि ज्ञान केन्द्र लगायत सहयोग गर्ने ठाउँबाट समन्वय गरी कृषिलाई प्राथमिकता दिँदै अघि बढ्न आवश्यक रहेको जानकारी गराउनुभयो। अहिले पर्वको रुपमा मनाउँदै गर्दा भोलि जिउने आधार बन्छ उत्पादन को महत्व बढ्दै जान्छ भन्दै आयोजक समुह प्रति खुशी रहेको जानकारी भिरकोट बालमैत्री संयोजक विष्णु काफ्लेले दिनुभयो।

त्यसै गरी कार्यक्रममा विभिन्न संस्था तथा ज्ञान केन्द्र बाट सहभागी वक्ताहरुले किसान र स्थानिय सङ्ग समन्वय गरी अघि बढ्न सहज हुने बताउँदै कृषि ज्ञान केन्द्र सहयोगको लागि हरबखत तयार रहेको कृषि ज्ञान केन्द्र सरले बताउनुभएको जानकारी भिरकोट बालमैत्री संयोजक काफ्ले ले दिनुभयो।

त्यसै गरी भिरकोट प्रथम मेयर छायारांम खनालले कृषि ज्ञान केन्द्रको सहयोगमा आई पी एम पाठशाला सुरुवात गरेको र त्यहीबाट सहकारी सञ्चालन गरेर सहकारी अभियान लाई प्राथमिकता दिँदै चक्लाबन्दी गयी कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो। त्यसै गरी भिरकोट प्रवक्ता वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसी ले नगर पालिका भएको पहिलो कार्यकाल मा कृषि लाई प्राथमिकता दिने उद्देश्य सहित चक्का बन्दी गर्दा विरोधाभास भए पनि अहिले महत्व का साथ हेरिएको र अघि बढेको जानकारी गराउनुभयो। अहिले भिरकोट मा नमुनाको रुपमा रहेको र बाकी लाई पनि उत्साहित बनाएको जनाउनुभयो। त्यसै गरी बाल मैत्री संयोजक विष्णु काफ्ले ले नगर ले विविध गौरव को कार्यक्रम भन्दै कार्यक्रम गर्दै गर्दा कृषि क्षेत्रलाई पनि गौरवको कार्यक्रम अन्तर्गत राखे र अघि बढाउदा योजनाबद्ध रुपमा अघि बढ्न सक्छ भन्दै यो भिरकोट को नमुनाको रुपमा रहेको छ भने अन्यत्र पनि विस्तार गर्दै अघि बढाउँदा उत्पादन मा लगाव बढ्न जाने र यसले बाकी लागि थप उत्साहित बनाउने बताउनुभयो।

कार्यक्रम श्री नब सृजना कृषि सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद खनाल को अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य तुलसी प्रसाद अर्याल ले राख्नुभएको कार्यक्रम सञ्चालन भिरकोट वडा नम्बर आठ का वडा अध्यक्ष नन्द लाल खनाल ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय