भिरकोटमा लायन्स क्लबको बृक्षरोपण कार्यक्रम

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा , २६ असार । स्याङ्जा जिल्ला भिरकोट नगरपालिकाको भिरकोट पार्कमा लायन्स क्लबले वृक्षारोपण कार्यक्रम बुधबार सम्पन्न गरेको छ। कार्यक्रम बाताबरण संरक्षण को लागि उपयोगी हुने, हराभरा हुने र पार्क भित्र सुरक्षित रहन सहज हुने र पार्कको सुन्दरता वृद्धि हुने उद्धेश्य सहित पार्क भित्र वृक्षारोपण कार्यक्रम गरिएको भिरकोट सात का वडा अध्यक्ष लायन्स क्लबका संस्थापक सल्लाहकार तारा प्रसाद अर्यालले जानकारी गराउनुभयो।

कार्यक्रममा भिरकोट नगर उपप्रमुख कार्यबाहक प्रमुख ला. भगवती रेग्मी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै उहाले बोटबिरुवा रोप्नु र संरक्षण गर्नु मानवीय आवश्यकता रहेको बताउनुभयो। यसको लागि लायन्स क्लबले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। वृक्षारोपण कार्यक्रम सधैं असार २२ मा गरिने भएको भए पनि अविरल वर्षाका कारण आज बुधबार सम्पन्न गरिएको जानकारी संस्था कि महासचिव ला. इन्दिरा केसीले जानकारी गराउनुभयो।

लायन्स क्लबका संस्थापक अध्यक्ष ला. याम प्रसाद अधिकारीले अन्तराष्ट्रिय लायन्स क्लवबाट स्याङ्जा जिल्लाको लागि दस हजार डलर सहयोग आएको जानकारी गराउनुभयो। जस् अन्तर्गत पहिलो प्राथमिकताका विपदमा मृत्यु हुने घर परिवारको लागि दोस्रोमा विपद् बाट घर गोठ पुरिने बगाउनेको लागि र तेस्रोमा उच्च जोखिममा रहेका घर परिवारका लागि खर्च गर्ने उद्धेश्य सहित आएको जानकारी गराउँदै लायन्स क्लब भएका प्रभावित क्षेत्रमा खर्च गरिने जानकारी गराउनुभएको थियो। त्यसै गरी वृक्षारोपण कार्यक्रम लायन्स क्लबको निरंतर कार्यक्रम रहेको जनाउँदै पर्यावरण जोगाउन र हराभरा बनाउँदा हामीलाई नै सहज हुने जानकारी गराउनुभयो। त्यसै गरी यसलाई निरन्तरता दिनु आवश्यक रहेको जानकारी गराउनुभयो।

कार्यक्रममा बोल्दै भिरकोट वडा नम्बर चारका वडा अध्यक्ष ला. रत्न प्रकाश श्रेष्ठले लायन्स क्लबले रचनात्मक कार्य गरेको गर्दै आएकोमा खुसी व्यक्त गर्दै आफूलाई सदस्यता लिन इच्छा व्यक्त गर्नुभएको थियो भने लायन्स क्लबमा सामाजिक व्यक्तित्व, बौद्धिक व्यक्तित्व जनप्रतिनिधि सहित नगरबासीको सकारात्मक सहयोग र भूमिका रहोस भन्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट वडा नम्बर सातका वडा अध्यक्ष तथा भिरकोट लायन्स क्लबका संस्थापक सल्लाहकार तारा प्रसाद अर्यालले विपदको अवस्थामा अन्तराष्ट्रिय कार्यक्रम सहयोग ल्याएर विपद्मा परेका सबैलाई सहयोग गर्नुपर्छ । वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनको लागि संरक्षण पनि गर्दै अघि बढ्नुपर्छ भन्दै बाताबरण हराभरा बनाउन फलफूलको विरुवा रोपिएको छ यसको संरक्षण गर्दै सबै जनाले हातेमालो गर्दै अघि बढ्नुपर्छ भन्ने धारणा उहाँले व्यक्त गर्नुभएको थियो।

कार्यक्रम लायन्स क्लबका अध्यक्ष ला। ढाकाराम खनाल को अध्यक्षतामा सम्पन्न भएको थियो भने ला। चिन्तामणि चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन लायन्स क्लबको महासचिव ला। इन्दिरा केसीले गर्नुभएको थियो। कार्यक्रममा सल्लाह कार सदस्य क्याप्टेन खेम बहादुर गुरुङ्ग, ला। लेख बहादुर केसी, ला। जगदीश प्रसाद कोइराला, ला। भविश्वर कोइराला, ला। पार्वती बस्नेत, ला. नुवादत्त अर्याल, ला. रामप्रसाद भुसाल, ला. कृष्ण प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रममा फलफूल अन्तर्गत आप, अम्बा लिचीको बिरुवाहरू रोपिएको थियो।

कार्यक्रमको संयोजन कृष्ण प्रसाद अर्यालले बोटबिरुवाको लागि आवश्यक मल सहित फलफूलको विरुवाको व्यवस्थापन गर्नुभएको थियो। बोटबिरुवा संरक्षणको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष ला. ढाकाराम खनालले कार्यक्रममा सहभागी सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको लागि नगरपालिकाका बौद्धिक व्यक्तित्व सामाजिक व्यक्तित्व नगरबासी सम्पूर्ण नगरवासीको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय