मुक्तिनाथ कृषि कम्पनी र बिफक्याप नेपालबीच सम्झौता

२०८१ श्रावण १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साउन १० काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र बिफक्याप नेपालबीच कृषि क्षेत्रसँग सम्बन्धित मानव संसाधनको विकास र तालिमसम्बन्धि सम्झौता भएको छ ।

काठमाडौंको बसुन्धरास्थित एक कार्यक्रमकाबीच भएको सम्झौतामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कम्पनीतर्फबाट कम्पनी सचिव रामशरण तिमल्सिना र बिफक्याप नेपालको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

यस सम्झौता अनुसार विभिन्न बैंक तथा वित्तीय क्षेत्रका मानव श्रोतलाई कृषिमा आधारित उद्यम÷व्यवसायको प्राविधिक ज्ञान प्रवाह, सीप अभिवृद्धि, पाठ्यक्रमको योजना बनाउने, स्रोतसाधनको व्यवस्था गर्ने, कृषि मूल्य शृङ्खला व्यवस्थापन, कार्बन खेती र त्यस क्षेत्रसँग जोडिएको लगानीको विषय, दिगो बैंकिङ र ग्रिन बैंकिङसँग सम्बन्धित तालिम तथा सेमिनारहरु आयोजना गर्नेछ ।

साथै, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले कृषि क्षेत्रका थुप्रै विषयमा प्रशिक्षणसमेत गर्न पाउने जानकारी सम्झौतामा उल्लेख छ । कृषिमा दीर्धकालिन योजनाका साथ अघि बढ्नको लागि आवश्यक प्राविधिक सहयोग तथा रिर्सच जस्ता क्षेत्रमा एक साथ काम गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय