मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

२०८१ श्रावण १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ साउन । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य  नियुक्त हुनुभएकाे छ।

कम्पनीको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उहाँले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नुभएकाे छ ।

नेपालमा उहाँ एक बैंकिङ विज्ञको रुपमा परिचित हुनुहुन्छ । यसका साथै उहाँले विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आउनुभएकाे छ । उहाँले पोखरा विश्वविद्यालयबाट बिजनेश प्रशासन विषयमा स्नातकोत्तर तह अध्ययन  गर्नुभएकाे थियाे ।

कम्पनीले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको बताएको छ ।

कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु शाखा कार्यालयमा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय