पाल्पा, ११ असोज । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
ढुंगा पन्छाउन ब्रेकर लगाउनुपर्ने भएकाले सडक डिभिजन हेभी इक्वीपमेन्ट बुटवलबाट शनिबार बिहानमात्र ब्रेकर आउने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भेटिएकाले समस्या भएको हो,‘रातिको समयमा सवारी साधन बन्द हुनेछ ।