गह्रौसुर मन्दिरमा १७ लाख ४८ हजार ३ सय ६९ रुपैया भेटी संकलन

२०८१ कार्तिक ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ११ कार्तिक ।  वालिङ नगरपालिका वडा नम्बर ८ र गल्याङ्ग  १० को संगम स्थलमा रहेको गह्रौसुर मन्दिरमा दशैंको अवसरमा १७ लाख ४८ हजार ३ सय ६९ रुपैया भेटी संकलन भएको छ।

दशैंको घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्मको दिनमा उक्त रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी गराउनुभयो।

मन्दिरमा चढाइएको भेटी अन्तर्गत ३ लाख ९८ हजार ४ सय ६२ रुपैया रहेको छ। टिका थाली अन्तर्गत २ लाख ३८ हजार ८ सय २० रुपैया, पाठ सफाई अन्तर्गत ७२ हजार ४ सय २० रुपैया, संकल्प अन्तर्गत ५४ हजार ८ सय १७ रुपैया , दान पेटिका मा संकलित रकम अन्तर्गत  ७८ हजार ४ सय ५० रुपैया, परेवा बिक्री गर्दा संकलित रकम १ लाख १६ हजार ४ सय रुपैया रहेको छ। त्यसै गरी पाठा को टाउको बिक्री बाट संकलित रकम ४ लाख ११ हजार ८ सय ८५ रुपैया, आजीवन सदस्यता अन्तर्गत ९१ हजार ६ सय ७२ रुपैया, सहयोग रसीद बाट ६० हजार ४ सय ४५ रुपैया रकम संकलित भएको छ। त्यसै गरी धजा मालाबाट संकलित रकम ९५ हजार रहेको छ भने होटल बाट १ लाख ५४ हजार रकम संकलित भएको  मन्दिर व्यवस्थापनका कोषाध्यक्ष केश भक्त गुरुङ्गले  जानकारी गराउनुभयो।संकलित रकम बाट पुजारी दक्षिणा सरसफाई , समिति खानपान कामदार पारिश्रमीक अन्तर्गत खर्च भएको छ ।

जस् अन्तर्गत पुजारी दक्षिणा अन्तर्गत ७३ हजार ८ सय, इन्धन दाउरा र सरसफाई मा ६९ हजार ६ सय ५० रुपैया, खर्च भएको छ। त्यसै गरी समिति खानपान मा २८ हजार २ सय रुपैया, कामदार लाई पारिश्रमिक अन्तर्गत १ लाख ९४ हजार २ सय रुपैया, पूजा भोज वस्तु अन्तर्गत ८७ हजार रुपैया, पूर्ण पात्र कन्या कुमारी दक्षिणा अन्तर्गत ८ सय २० रुपैया गरी जम्मा ४ लाख ६३ हजार ६ सय ७० रुपैया खर्च भएको कोषाध्यक्ष गुरुङले जानकारी गराउनुभयो।

आम्दानी रकम १७ लाख ४८ हजार ३ सय ६९ मा खर्च रकम ४ लाख ६३ हजार ६ सय ७० रुपैया रहेको छ । जस् अन्तर्गत बचत रकम  जम्मा १२ लाख ८४ हजार ६ सय ९९ रुपैया रहेको छ। गह्रौ सुर मन्दिरमा चौथी, औंसी, एकादशी र सोह्र श्राद्धमा वली  दिने गरिँदैन भने बाकी दिनमा बलि सहित पूजा आजा गर्ने प्रचलन रहि आएको छ।

दशरथ खाण राजा हुँदा स्थापना गरेको उक्त गह्रौ सुर मन्दिर हाल सम्म पनि विविध पर्व पारेर पूजा आजा गरिन्छ भने नेपालीहरुको महान पर्व दशैको पन्ध्र दिनमा र  चैत्र दशैंमा धुमधामका साथ पूजा आजा गर्ने प्रचलन अहिलेसम्म पनि कायम नै छ । देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने यस मन्दिरमा देश विदेशबाट पूजाआजा गर्न र गह्रौ कोटको सोन्दर्यता हेर्नको लागि आउने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार