सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने

२०८१ मंसिर ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ५ मंसिर । सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाल क्यान्सर विरामीहरुको निशुल्क सेवा शुभारम्भ गर्नुभएको हो । यसअघि मन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो ।

निशुल्क स्वास्थ्य सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले सम्वन्धीत क्यान्सर अस्पतालको सक्रियतामा नै बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने काम सुरु भएको बताउनुभयो । क्यान्सर उपचारका लागि परिक्षण र वेड खर्च अस्पतालले निशुल्क गर्ने र औषधीका लागि भने हालका लागि खर्च मन्त्रालयले व्यहोर्ने उहाले बताउनुभयो ।

मन्त्री पौडेलले क्यान्सर क्षेत्रमा सक्रिय रहेका गैर सरकारी संस्थासंग समन्वय गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाले १४ बर्षमाथिका महिलाहरुलाई क्यान्सर निरोधक भ्याक्सीन प्रदान गर्ने तयारी सुरु गरेको जानकारी दिनुभयो । क्यान्सर स्कृनिङ कार्यक्रमलाई पनि मन्त्रालयले तीव्रताका साथ अघि बढाउने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय