दिगो,आधुनिक विकास निर्माण आवश्यक छ: उपप्रधानमन्त्री सिंह

२०८१ मंसिर २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २० मंसिर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र समुदायहको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताउनुभएको छ ।

नेपाली वास्तुविद् समाजको आयोजनामा बिहीबारबाट काठमाडौंमा सुरु आर्कबिल्ड एक्सपो उद्घाटन गर्दै सिंहले जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएको भन्दै शहर र समुदायहको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताउनुभएको हो ।

अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको अवस्थामा आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।

उहाले नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त नरहेको उल्लेख गर्नुभयो । उहाले नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार