पूजा खड्का
स्याङ्जा, २४ पुस । व्यक्तिको स्वार्थ भन्दा समाजको हित ठूलो हुन्छ भन्ने भाब सहित श्री लालीगुराँस तमु युवा परिवारको आयोजनामा सुरु गरिएको ”राहुल स्मृति कप” साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिका १२ गुमार्दीको गोल्डेन गाइज युवा क्लबले हात पार्न सफल भएको छ।
गोल्डेन गाइज युवा क्लबले प्रथम स्थान हासिल गर्दै ४० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसै गरी आयोजक श्री लालीगुराँस तमु युवा परिवार दोस्रो स्थान सहित २५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसै गरी शिव जनजागृति युवा क्लब माझकोटले तेस्रो स्थान सहित १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र आफ्नो हात पार्न सफल भएको छ।
कार्यक्रममा उत्कृष्ट विधा अन्तर्गत वेस्ट स्पाइकर र वेस्ट सेटरमा गोल्डेन गाइजका ईश्वर चन्द र देबेन्द्र परियारलाई प्राप्त भएको छ भने तेस्रो स्थान प्राप्त गर्न सफल शिव जन जागृति युवा क्लब माझकोटका दिल प्रसाद गुरुङ्ग उत्कृष्ट खेलाडी घोषणा हुनुभएको छ। त्यसैगरी शिव जनजागृति कै विशाल गुरुङ्ग वेस्ट डिफेन्डरको उपाधि हात पार्न सफल हुनुभएको छ। त्यसैगरी वेस्ट ब्लकरको उपाधि आयोजक कै श्री लालीगुराँस तमु युवा परिवारका रोशन सुनारको पोल्टामा परेको छ। उत्कृष्ट विधामा विजेता सबै जनाले ट्रफि मेडल र प्रमाणपत्रले सम्मानित हुनुभएको छ।
भलिबल प्रतियोगिताको राहुल स्मृति कप प्रथम दोस्रो र तेस्रो पुरस्कार राहुल गुरुङ्गका भाइ स्व. टेक बहादुर गुरुङ, स्व. डिल माया गुरुङ्ग र स्व. इम बहादुर गुरुङ्गको सम्झनामा नाति विक्रम गुरुङ्ग र खिमा गुरुङको छोरा रतिक गुरुङ्ग एबम् टामाली सपरिवारबाट सौजन्य प्राप्त भएको थियो।
कार्यक्रम श्री लालीगुराँस तमु युवा परिवारका अध्यक्ष तुल बहादुर गुरुङ्गको अध्यक्षतामा सुरुवात भएको थियो भने खेल संयोजक अरुण कुमार गुरुङ रहेको उक्त भलिबल प्रतियोगितामा थप मनोरञ्जनको लागि सांस्कृतिक कार्यक्रम राखेर दर्शक तथा खेलाडीहरुलाई रमाइलो प्रधान गरिएको थियो। कार्यक्रम स्थानिय देश भित्र र बाहिर रहने दाजुभाइ दिदीबहिनीको आर्थिक सहयोगमा सुचारु गर्दै क्लबका पदाधिकारी स्थानिय बुद्धिजिवी विविध पेशामा आबद्द व्यक्तित्वहरू राजनैतिक व्यक्तित्वहरू सर्वसाधारण लगायतको उल्लेखनीय सहभागिता रहेको थियो भने एकैछिन परेको असिना पानीका कारण खेल केहीबेर रोकेर पछि पानी पर्न छोडे सँगै सञ्चालन गरेर सम्पन्न गरिएको थियो।