पूजा खड्का
स्याङ्जा, १० माघ । “समानता र सह अस्तित्व बीच युवा एकता, जसले समाजको विकास गर्दछ” भन्ने अभिप्राय सहित सुरुवात भएको जनहित युवा क्लबको साविकको वडा स्तरिय भलिवल प्रतियोगितामा बुधबार चार उत्कृष्ट विधा सहित गोल्डेन गाइज प्रथम स्थान आफ्नो पोल्टामा पार्न सफल भएको छ।
जनहित युवा क्लब वालिङ्ग ३ बाङ्खे द्वारा आयोजित क्लबको ३६ औं बार्षिकोत्सव तथा माघे सक्रांतीको अवसरमा साविकको वडा स्तरीय भेट्रान्स तथा खुला महिला भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको हो।
कार्यक्रममा पुतली बजार नगरपालिका १२ को गोल्डेन गाइज क्लब ३० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसै गरी आयोजक जनहित युवा क्लब २० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र सहित दोस्रो पुरस्कार आफ्नो पोल्टा मा पार्न सफल भएको छ भने सृजनशील युवा क्लब १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्दै तेस्रो स्थान हात पार्न सफल भएको छ।
जनहित युवा क्लबले आयोजना गरेको उत्कृष्ट छ विधा अन्तर्गत चार विधामा गोल्डेन गाइज उत्कृष्ट बनेको छ भने दुई बिधा अन्तर्गत सृजनशील युवा क्लब सिँगारकोटले आफ्नो हात पर्न सफल रह्यो। उत्कृष्ट विधा अन्तर्गत उत्कृष्ट खेलाडी मा पुतलीबजार नगरपालिका १२ गोल्डेन गाइज का खेलाडी अनिश परियार ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुनुभएको छ । त्यसै गरी वेस्ट डिफेन्डर मा गोल्डेन गाइज बाट नै बिसन चन्द, वेस्ट ब्लकर मा आशिक चन्द र वेस्ट क्वीकर मा मनोज भुजेल ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुनुभएको छ। त्यसै गरी दुई बाकी विधामा सृजनशील युवा क्लब बाट पीपिन गुरुङ्ग वेस्ट सेटर र वेस्ट स्पाईकर मा सृजनशील क्लब कै मोहन गुरुङ्ग ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुनु भएको छ।
जनहित युवा क्लब का अध्यक्ष भुपेन गुरुङ्ग को अध्यक्षतामा सम्पन्न उक्त भलिबल प्रतियोगिता को खेल संयोजक मनोज गुरुङ्ग रहनु भएको थियो भने कार्यक्रम संयोजक मा इन्द्र गुरुङ्ग र सचिव सचिन गुरुङ्ग रहनै भएको छ।