स्वास्थ्यको क्षेत्रमा निरोधात्मक र रक्षात्मक तवरमा अघि बढ्छ : स्वास्थ्य मन्त्री पौडेल

२०८१ माघ २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २४ माघ । स्वास्थ्यको क्षेत्रमा निरोधात्मक र रक्षात्मक तवरमा अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको स्वास्थ्य मन्त्री  प्रदिप पौडेलले बताउनुभयो । मन्त्री पौडेल ले पोखराको सितला देवि स्कुलमा बुधबार सम्बोधन गर्दै क्यान्सरको उपचार मात्र नभएर क्यान्सर रोग को रोकथामका लागि रोग नै लाग्न नदिने उपायको खोजी स्वास्थ्य मन्त्रालयको प्राथमिकता रहेको व्यक्त गर्दै स्वास्थ्यको क्षेत्रमा निरोधात्मक र रक्षात्मक तवरमा अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको हो।

पाठेघरमा मुखको क्यान्सरको समस्या भई हाम्रा आमा दिदी बहिनी को मृत्युदर बढेको उल्लेख गर्दै आउँदो दिनमा यस्तो समस्या मा न्यूनीकरण गर्नको लागि क्यान्सर दिवसको अवसर पारेर कक्षा ६ देखि १० कक्षा सम्म र उमेरको हकमा दश वर्ष देखि चौध वर्ष सम्मको किशोरी हरुलाई विद्यालय स्तरीय एच पि भी खोप अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाले कार्यक्रम मा बोल्दै स्वास्थ्य मन्त्रालय ले चौध वर्ष माथिका महिला हरूको क्यान्सर को स्क्रिनिङ गर्ने अभियान सरकारको प्राथमिकता मा रहेको उल्लेख गर्नुभयो। त्यसै गरी स्वास्थ्य मन्त्री पौडेल ले क्यान्सर रोगीलाई दिने कीमो निःशुल्क उपलब्ध गराउने व्यवस्था मा स्वास्थ्य मन्त्रालय रहेको खुलासा गर्नुभएको छ।

त्यसै गरी मन्त्री पौडेलले स्वास्थ्य सम्बन्धी विविध कार्यक्रममा सहभागी भएर बोल्ने क्रममा सचेतना मुलक कार्यक्रमले समाजमा फरक प्रभाव पर्ने उल्लेख गर्दै क्यान्सर नियन्त्रणका लागि सुर्तिजन्य पदार्थको अगाडि र पछाडी सबै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गर्नुभएको छ। सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सल मा सन्देश र चित्र अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत गर्दै अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा सुर्तीजन्य पदार्थ को सेवनको प्रयोगले पार्ने असर सम्बन्धी चेतावनीमूलक चित्र छापिने जानकारी गराउनुभयो।

उहाले क्यान्सर बाट मृत्युदर बढ्दै गएको मा चिन्ता व्यक्त गर्दै अव चिन्ता मात्र गरेर नहुने बताउँदै समाधानको लागि चिन्तन गर्नुपर्ने बताउनुभयो। उहाले समाजवाद स्वास्थ्य क्षेत्रको सुधार बाट अघि बढ्ने बताउँदै खानपान बाताबरण मा ध्यान दिएर सावधानी तवरमा अघि बढ्नुपर्ने विषय मा जोड दिनुभयो।

उहाले रोग निर्मूल गर्नको लागि सरकारको पहल ले मात्र नभै निरोधात्मक र रक्षात्मक तवरमा अघि बढ्न सबै जनालाई आग्रह गर्नुभयो। उहाले आ आफ्नो ठाउ बाट समाधान तथा सुधारका लागि लागि पर्नु पर्ने र यसको लागि सरकार ले सक्दो पहल गर्ने आफ्नो धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय