काठमाडौं, १ फागुन । नेपाली कांग्रेसले स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल थालेको छ। स्ववियुको निर्वाचन चैत ५ हुँदैछ।
कांग्रेसको सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको हो।
राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन्। उनीहरूले उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल थालेको हो।
छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिएको समितिकी सदस्य गौतमले बताइन्।