लागुऔषध सहित १ जना पक्राउ

२०८१ फाल्गुन १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,१ फागुन । वालिङ नगरपालिका वडा नंवर १० भकुण्डेमा लागु औषध सहित एक जना व्यक्ति फेला परेको छ।

फागुन १ गते दिउँसो अन्दाजी ४:५० बजे सिद्धार्थ राजमार्ग बुटवलबाट पोखरा तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७६५४ नम्बरको हाइसमा सवारी साधन चेक जाँच गर्ने क्रममा फेलापरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।

 पोखरा महानगरपालिका वडा नम्बर २१ बस्ने  २४ वर्षका शिवजी तिवारी रहेको प्रहरी स्रोत बाट खुल्न गएको छ। वडा प्रहरी कार्यालय वालिङ्ग स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा तिवारीको साथबाट नोर्फिन (I.P.P.L.) ४९ एम्पुल, फेनरागन ६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी जम्मा १४७ एम्पुल नियन्त्रित लागुऔषध फेला पारी बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय