कालीमाटीमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान

२०८१ फाल्गुन ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ फागनु । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं’ एसएसपी अधिकारीले भने ।

मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय