विराटनगर–८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण

२०८१ फाल्गुन ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर,८ फागुन । विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ ।

महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो । २० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । महानगरको ३ र वडाको ५ लाखसहित कुल ८ लाख रुपैयाँमा निर्माण हुने विश्रामघरको छानो जस्तापाताको हुनेछ ।

विशेष गरी विराटनगर–८ का बलुवाही, अमरटोल, विश्वकर्मा चोक, विराटनगर–१०, १४ र जहदा गाउँपालिकाका केही वडाबाट बलुवाहीस्थित घाटमा अन्त्येष्टिका लागि ल्याइने गरिएको छ । यसरी अन्त्येष्टिमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गर्न लागिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । शिलान्यास समारोहमा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य कविता विश्वकर्मा, भुवनेश्वर राजवंशी, मोहम्मद अब्बासलगायत स्थानीय समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय