पूजा खड्का
स्याङ्जा, २२ फागुन । स्याङ्जाका विपन्न बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क उपचार गरिने भएको छ। नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद पूर्व कानुन मन्त्री धनराज गुरुङको पहलमा काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचारको लागि सहयोग गर्ने डाक्टर सुनिल शर्माले बताउनु भएको छ।
डाक्टर शर्माले पूर्व मन्त्री गुरुङ्गले पटक पटक अनुरोध गरेर स्याङ्जामा स्वास्थ्य समस्यामा रहेका विपन्न परिवारका व्यक्तिको समस्यालाई मध्य नजर गर्दै स्वास्थ्य लाभ लिन नसक्नु भएका बिरामीलाई सहजीकरण गर्न सहयोग गर्नुभएको उल्लेख गर्नुभएको छ। गुरुङ्गको पहललाई स्वीकार गर्दै आउँदो चैत्र ४ गते नौं बजे देखि सेवा लिन आउन अनुरोध गर्नुभएको छ। यसको लागि उहाले अस्पतालले कुन रोगले समस्या बनाएको हो भनेर जानकारी भएको सरकारी तथा निजी अस्पतालले जाँच गरेको रिपोर्ट सहित अस्पतालमा सुविधा दिने निर्णय गर्नुभएको छ। यसमा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई मात्र उपचार गरिने र उपचारमा लाग्ने औषधि, सामग्री, खाने बस्नेको व्यवस्था व्यक्ति स्वयं ले गर्नुपर्ने बाकी खर्च अस्पतालले व्यवस्था गराउने जानकारी गराउनुभएको छ।
उहाले भन्नुभयाे , लिभर ट्रान्सफर बाहेक अस्पतालले हरेक रोगको उपचारहरु मुटुको भल्भ फेर्ने मिर्गौला ट्रान्सफर, पथ्थरी, ब्रेन ट्युमर जस्ता विविध रोगको उपचार गर्ने बताउनुभयाे । क्यान्सर सम्बन्धी रेडियोथेरापी गर्नुपर्ने भएमा पनि क्यान्सर अस्पताल बिराटनगरमा उपचारको लागि सुविधाको व्यवस्था गरिएकाे छ ।
बिरामीले आफूले उपचार गराएको अस्पतालको रिफर कागज लिएर अस्पतालमा अाउन अनुरोध गरिएको छ । त्यसै गरी उपचारको क्रममा नबुझेको सोधपुछ र थप जानकारीको लागि सहजीकरण धन राज गुरुङ्ग को सचिवालयले गरेकाे छ। जसकाे लागि ९८५१११०८५० सम्पर्क सक्नुहुन्छ ।
आवश्यक परामर्शको लागि छलफल गरी समय मा नै स्याङ्जा बासीलाई स्वास्थ्य लाभ लिन अनुरोध पनि गरेको छ।