मणिमुकुन्देश्वर धाम विराट महायज्ञ भवन समुद्घाटन कार्यक्रम

२०८१ फाल्गुन २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २४ फागुन । चापाकोट नगरपालिकामा रहेको मणि मुकुन्देश्वर धाममा सञ्चालन भइरहेको विराट ज्ञान महायज्ञको अवसर पारेर चारकोठे भवनको समुदघाटन कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

मणि मुकुन्देस्वर गुरुकुल पाठशालामा हालमा अठारौं स्कन्द महापुराणको समापन चलिरहेको उक्त कार्यक्रममा पूर्ब प्रदेश सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यतामा चार कोठे भवनको समुद्घाटन भएको हो।

चार कोठे भवन र ट्वाइलेट गरी करिब एक करोडको लागतमा नवनिर्मित उक्त भवन निर्माणको लागि पहल गर्नुभएको हुँदा उदघाटनमा पूर्व मन्त्रीलाई भबन समुदघाटनमा प्रमुख अतिथिमा निमन्त्रणा गरिएको धनराज पौडेलले जानकारी दिनुभयो। त्यसैगरी उहाले कोभिड महामारीको समय तथा अघि पछि पनि गुरुकुल पाठशालालाई सहयोग गर्दै आउनुभएको पौडेलले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भागवत प्रकाश मल्लले भूकम्पको समय पछि भवन निर्माण आवश्यक परेको हुँदा भवन निर्माण कार्यमा जोड दिएको बताउनुभयो। उहाले कार्यक्रममा बोल्दै कालीगण्डकी डाईभर्सन कालीगण्डकी देखि तिनाउ र रामदी देखि देवघाट सम्म को प्रभावित क्षेत्रको बारेमा उल्लेख गर्दै यसको बचाउ को लागि आफू सदा लागिरहने बताउनुभएको थियो । त्यसैगरी धर्म संस्कृति सभ्यता देखि मठ मन्दिर खानेपानी सिंचाइ सम्म का यावत् विषय जोडिएको र कालीगण्डकीमा पाइने विष्णु भगवान को प्रतिमा नाश हुन नदिने विषयलाई उजागर गर्दै यसको सुरक्षाको लागि आफू सदा लागिपर्ने बताउनुभएको थियो। उत्तर गण्डकी मणि मुकुण्देश्वर धाम मा अठारौं स्कन्द महापुराण को समापन पनि भएको र यस पुण्य भूमिमा पुण्य कार्यको समय मा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नुभएको थियो।

कार्यक्रम मणि मुकुन्देस्वर धाम का अध्यक्ष तीर्थ बरालको अध्यक्षतामा सुरुवात भएको भवन समुदघाटन कार्यक्रमको सञ्चालन गोकर्ण भट्टराई ले गर्नुभएको थियो। कार्यक्रम मा नेपाली कांग्रेसका महासमिति सदस्य अर्जुन प्रकाश अर्याल, वडाका वडा अध्यक्ष टोप लाल न्यौपाने , कृष्ण सुबेदी अर्जुन खाण, नेपाली कांग्रेसका पार्टी अध्यक्ष विक्रम सारु लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम मा विविध धार्मिक व्यक्तित्वहरू बुद्धिजीवी स्थानिय सर्वसाधारण लगायतको उल्लेखनीय सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय