मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन हस्तान्तरण

२०८१ फाल्गुन २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर ,२६ फागुन । विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष विश्वनाथप्रसाद भगतले उक्त मेसिन हस्तान्तरण गर्नुभएकाे थियाे । मापसे गरेर सवारी साधन चलाएर हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ब्रेथलाइजर मेसिनले सहयोगी भूमिका खेल्ने विश्वास लिएको मेयर कोइरालाले बताउनुभयाे । सो मेसिन १ लाख ५० हजारमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष भगतले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय