काठमाडौं,४ चैत । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै सिटौलाले सरकारले स–सम्मान विदाई गरेको पूर्वराजा ज्ञानेन्द्रले केहि गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनिय विषय नभएको र जनता भड्काउने काम गरेको बताउनुभएको हो ।
उहाले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नुनै उचित हुने जिकिर गर्नुभयो । तत्कालिन अवस्थामा आफु गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्र शाहसंग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उहाले स्मरण गर्नुभयो । उहाले जनतासामू राजनीतिक खेलाडीको रुपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताउनुभयो । उहाले यस बिषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको धारणा राख्नुभयो । सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थाम आइपुग्दा सवै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अव संविधानको कार्यान्वयनको समिक्षाा गर्ने बेला भएको बताउनुभयो ।
उहाले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका बिषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने बिषयमा पनि निर्मम समिक्षा गर्ने बेला भएको उल्लेख गर्नुभयो । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।