पूजा खड्का
स्याङ्जा, ११ चैत । “हामी क्षयरोग अन्त्य गर्न सक्छौं,लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता ” भन्ने नाराका साथ क्षयरोग सम्बन्धी सचेतना कार्यक्रम गर्दै क्षयरोग दिवस मनाइएकाे छ।
प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाकाे अनुसार २०८१ साउन बाट फागुन मसान्तसम्म १ सय ९७ जनालाई क्षयरोग संक्रमण पुष्टि भएको छ भने सात जना बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो। उहाले जिल्लाका एघार पालिका मध्ये सबैभन्दा धेरै वालिङ् नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको समेत बताउनुभयो।
वालिङ् नगरपालिकामा ४४ जना, चापाकोट नगरपालिकामा ३७ जना,भीरकोट नगरपालिकामा ३१ जना, गल्याङ नगरपालिकामा २८ जना पुतलीबजार नगरपालिकामा १६ जना, बिरुवा गाउँपालिकामा १६ जना, अर्जुन चौपारी गाउँपालिकामा १० जना, कालीगण्डकी गाउँपालिकामा ७ जना, फेदीखोला गाउँपालिकामा ४ जना, आँधीखोला गाउँपालिकामा ३ जना र हरिनास गाउँपालिकामा १ जना क्षयरोगका बिरामी रहेको जानकारी गराउँदै औषधि खादै गर्दा मृत्यु भएका मध्य पुतली बजारमा चार जना, वालिङ्ग मा एक जना, गल्याङ्ग मा एक जना आँधीखोला मा एक जना गरी सात जनाको मृत्यु भएको बताउनुभयाे ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेको विवरण रहेको छ भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका तथ्याङ्क मा छ । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ भने नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगी को मृत्यु हुने गरेको पाइएको छ।
सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ क्षयरोग का बिरामी भेटिने दर बढ्दै जाँदा लक्ष्यमा पुग्न सकिरहेको छैन । केही बर्ष पहिला सरकारले क्षयरोग सम्बन्धी सचेतना फैलाउने उदेश्यका साथ “लगातारको खोकी क्षयरोग पो हो कि ” भन्ने नारा लाई अघि सारेको थियो। पछिल्लो समयमा क्षयरोगका भेरियन्ट ले आफ्नो स्वरुप परिर्वतन गर्दै जाँदा “ख्वाक्क खोकी क्षयरोग पो हो की ‘’ भनेर सन्देश फैलाउन कोशिश गरिरहेको छ। यतिमात्र नभै पछिल्लो समय वातावरणीय प्रभाव का कारण पनि खोकी बिना नै क्षयरोग लाग्न थालेको पाईएको छ। क्षयरोगका लक्षण देखिदै जाँदा मानिसहरुमा विना खोकी नै क्षयरोग देखिन थालेको अध्ययनले देखाएको छ।
क्षयरोग माईको ब्याक्टेरियम ट्युबर क्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । धूलो, धुवाँ, अस्वस्थ कर खानपान, दुषित बाताबरण का कारण लाग्ने क्षयरोग
श्वास प्रश्वास का माध्यमबाट सजिलै सर्ने गर्छ। क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका मानिसलाई छिटो लाग्ने गर्दछ।