काठमाडौं ,१६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
वैठकमा हिजो राजावादीहरुको प्रदर्शनको नाममा मच्याएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ।