बुटवलबाट पाल्पा जाँदै गरेको कार पुरियो

२०८१ चैत्र ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ३० चैत। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ ।

तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।

बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज.०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति भएको छ ।

कारमा सवार यात्रु सकुसल रहेको दोभान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार