पाल्पामा मोटरसाइकल दुर्घटना हुदा बाबाको मृत्यु, छाेरा घाइते

२०८२ बैशाख १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,१ बैशाख । पाल्पाको बगनासकाली गाउपालिका १ रायडाडा स्थित सिदार्थ राजमार्गमा घोरबन्दा देखि बर्तुङ जादै गरेको मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमबार अन्दाजि २:४५ बजे मोटरसाइकल अचानक व्याक भइ पल्टिदा एक जना को मृत्यु भएको हो ।

मोटरसाइकल चालक पाल्पाको तानसेन नगरपालिका ६ बस्ने ४१ वर्षका पदम बहादुर दर्लामिको उपचारको क्रममा मत्य भएको र मोटरसाइकलमा पछाडि सवार निजका छोरा १८ वर्षका मन्दिप दर्लामि घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

घोरबन्दा देखि बर्तुङ तर्फ आउदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक व्याक भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मन्दिपको अवस्था सामान्य रहेको छ भने दुर्घटना सम्वन्धि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय