कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ वैशाख । नेपाल शिक्षक महासङ्घले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।

महासङ्घले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।

वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुदैछ । परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।

विगत २१ दिन देखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन भइरहेको बेला उक्त परीक्षामा सामेल नहुन भनेको हो । केन्द्राध्यक्षलाई समेत काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय