फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ वैशाख । । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले फोटो पत्रकारहरूको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरेको भए पनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाएर अघि बढाउन जरुरी रहेको बताएका हुन् ।

सभामुख घिमिरेले भने, ‘एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरूको काउन्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिन सक्ने र त्यो बेला के भएको थियो भन्ने कुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्न सक्ने र जिम्मेवारीपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने, विगतबाट भविष्यमा जाने बाटोहरू के थिए भन्ने कुरा देखाउन सक्ने धेरै महत्त्वपूर्ण कामहरू गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय