शिक्षकको आन्दोलन र शिक्षा विधेयकबारे शिक्षामन्त्रीको जवाफ माग

२०८२ बैशाख १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ वैशाख । शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ माग भएको छ ।

यस्तो माग सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले राखेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे ।

‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौं । सिंगो संसद यसप्रति गम्भीर छ भन्ने अनुभुति देशले गर्ने गरी संसदमा शिक्षामन्त्रीज्युले विषयवस्तु राख्नुपर्छ । उहाँले संसदमार्फत सिंगो देशलाई जानकारी गराउनुपर्छ’ सांसद थापाले भने ।

एमाले सांसद थापाले आइतबार शिक्षकको आन्दोलनका क्रममा वानेश्वर क्षेत्रमा घटनाप्रति दुःख व्यक्त गरे । शिक्षक र प्रहरी दुवै राष्ट्रसेवक भएको बताए । राष्ट्रसेवकमाथि आइतबारको जस्तो व्यवहार गरिनु उचित नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय