वित्तीय साक्षरतासँगै स्वरोजगार बन्नाउँदै स्याङ्जाको सहकारी

२०८२ बैशाख २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २० बैशाख । पछिल्लो समयम सहकारी क्षेत्र बदनाम र समस्याग्रस्त बन्दै गएको अवस्थामा स्याङ्जाको एक सहकारीले शेयर सदस्यलाई वित्तीय साक्षरतासँगै स्वरोजगार बनाउने अभियान चलाएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले उक्त अभियान चलाएको हो ।

चैत्रको दोस्रो हप्ताबाट चलेकोे उक्त अभियान अन्र्तगत वित्तीय साक्षरता तर्फ संस्थाले प्रदान गर्ने सेवा, बचत गर्ने बानीको विकास, शुलभ ब्याजदरमा ऋण प्रबाह, म्यादी बीमा, पशु बीमाले पु¥याउने फाईदा र सामाजिक साझेदारी कार्यक्रममा २१ सय बढि शेयर सदस्यलाई प्रशिक्षित बनाएको सहकारीले जनाएको छ ।

कृषिमा तरकारी खेति तर्फ ३० कृषकलाई उत्पादन र व्यवस्थापन, पशुपालनमा १० जना पशुपालक कृषकलाई नश्ल सुधार, उत्पादन बृद्धि र बजारीकरणमा सहजीकरण गर्न सहकारीले समन्वय गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्ले बताउनुभयाे । सहकारी मार्फत मौसमी तथा बेमौसमी तरकारी खेति, बाख्रा, कुखुरा, बंगुर र भैसीपालनमा ५० कृषक स्वरोजार बनेको काफ्लेले दाबी गर्नुभयाे ।

सहकारी मार्फत स्थानीय कृषकले उत्पादन गरेको तरकारी आन्तरिक रुपमा खपत हुँदै आएको प्रबन्धक काफ्लेले बताउनुभयाे । उहाँका अनुसार पालिकामा उत्पादित दुग्ध र मासुजन्य सामग्रीहरु जिल्लाका साना बजार र पोखरा तथा बुटवलका ठूला बजारमा निर्यात हुँदै आएको छ । सहकारीका १ हजार ऋणी सदस्य मध्ये झण्डै ६ सय भन्दा बढि पशुपालक कृषक आबद्ध छन् ।

‘आलीदेखि थालीसम्म, मत्रोदेखि कात्रोसम्म’ कार्यक्रम लागु गरेको सहकारीले शेयर सदस्य सुत्केरी भएमा नगद २ हजार र मृत्यु भएमा नगद १५ हजार हस्तान्तरण गर्दै आएको छ । चालु वर्र्षमा बाढिपहिरो पिडीत ४ घरपरिवारलाई त्रिपाल, लत्ताकपडा वितरण गरेको सहकारीले शेयर सदस्यका बालबालिका अध्ययन गर्ने २ विद्यालयलाई ३ लाख बराबरको फर्निचर सामग्री हस्तारण गरेको छ ।

अर्जुनचौपारी पालिका भित्र कार्य क्षेत्र रहेको सहकारी आर्थिक वर्ष २०६८÷०६९ मा नोक्सानमा थियो । सहकारीको तथ्याङ्क अनुसार पछिल्लो वर्ष २०८०÷०८१ मा ४ करोड बराबरको जगेडाकोष समेत बनेको छ । ३४ सय ८४ घरधुरी रहेको पालिकाका सहकारीमा १२ वटा अन्तरसमूह अन्र्तगत १ हजार ६ सय महिला र ९ सय पुरुष गरी झण्डै २५ सय शेयर सदस्य छन् ।

पालिकामा रहेका १८ क्रियाशिल सहकारी मध्ये उत्कृष्ट ग्रामीण स्वावलम्बन सहकारीको शेयर पुँजी २ करोड रहेको छ । २५ करोड कर्जा प्रबाह गरेको सहकारीमा १५ करोड ५० लाख बचत र ६ करोड बाह्यि ऋण रहेको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताउनुभयाे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सात प्रदेशका उत्कृष्ट सात सहकारी मध्ये गण्डकी प्रदेशबाट छनौट भएको ग्रामीण स्वावलम्बन सहकारीले अर्जुनचौपारीलाई तरकारी, मासु, दुध र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान समेत संचालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय