राज्यका बिभिन्न निकायमा रहेका सवैको सम्पति छानविन गर्नुपर्छ : कांग्रेस उपसभापति गुरुङ

२०८२ बैशाख २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२३ बैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका बिभिन्न निकायमा रहेका सवैको सम्पति छानविन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको भन्दै नेतादेखि कर्मचारीसम्म सवैको सम्पति छानविन गर्नुपर्ने बताउनुभएको हो । छानविन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्ने उहाले बताउनुभयो । गुरुङले दलीय स्वार्थका आधारमा एक नेताले अर्काप्रति गर्ने टिप्पणीले नेताहरु सवै जाली हुन् भन्ने भाष्य जनतामा परेको जिकिर गर्नुभयो ।

उहाले सर्वदलीय समिति गठन गरेर संविधान संशोधनको कामलाई अघि बढाउन प्रस्ताव समेत गर्नुभयो । समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित गर्नेगरि संविधान संशोधन गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै गुरुङले मरिसकेको राजसंस्थाका बिषयमा अनावश्यक बहस गर्न आवश्यक नरहेको तर्क गर्नुभयो ।

उहाले कर्म, व्यबहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले अहिलेको व्यवस्थालाई सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय