प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

२०८२ बैशाख २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२४ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनुभएकाे छ। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उहाँ घाइते हुनुभएकाे हाे।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उहाँको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उहाँको अवस्था सामान्य रहेको स्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार