ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुन्छ : ऊर्जा मन्त्री खड्का

२०८२ बैशाख २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२५ वैशाख । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विधुत नियमन आयोगको बार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलव्ध गराउन नसक्दा कानूनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले आफुले कहिले पनि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नउठान नभनेको स्पष्ट पार्नुभयो । दुवै पक्षलाई न्याय हुने गरि वक्यौता उठाउन सरकारले भनिरहेको अवस्थामा यसलाई छिनोफानो गर्ने काममा लाग्न उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले अधिकारसम्पन्न नियमन निकाय हुदा पनि टीओडी मिटरका बिषयमा लामो विवाद हुन लज्जास्पद भएको बताउनुभयो ।

उहाँले राम्रो काम गर्न खोज्दा पनि स्वार्थ नमिलेपछि मिडियाबाजी गर्ने काम हुने गरेको भन्दै गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार