सुवास रेग्मी
स्याङ्जा, २८ वैशाख । लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा असार ७ गते पोखरामा हुने प्रथम गण्डकी लोकताराका स्याङ्जाकाबाट तीन जना छनोट हुनुभएको छ ।
गण्डकी प्रदेशका एघार वाटै जिल्लाबाट प्रतिस्पर्धी छनोट गर्ने क्रममा गण्डकी लोकताराको पहिलो छनोट प्रक्रिया स्याङ्जा जिल्लाबाट सुरु भएको हो । सनिवार स्याङ्जाबाट सुरु भएको छनोट प्रक्रिया एघारै जिल्लामा गरिने गण्डकी प्रदेश समन्वय सचीव घनश्याम रिजालले जानकारी दिनुभयो ।
जिल्लाका ११ जना सहभागी भएको अडिसन बाट बिरुवा गाउँपालिकाकि शिला गुरुङ, चापाकोट नगरपालिकाका दिलीप मानन्धर र वालिङका उदयराज डुम्रे छनोट भएको रिजालले जानकारी दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति स्याङ्जा आयोजनामा वालिङमा भएको छनोट कार्यक्रममा प्रतिष्ठान जिल्ला शाखाको भित्ते पात्रो समेत विमोचन गरिएको थियो । प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व शिक्षा मन्त्री मेखलाल श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश पुर्व सांसद भागवत प्रकाश मल्ल,प्रतिष्ठान स्याङ्जाका सस्थापक अध्यक्ष संरक्षक गोपाल जि टी, पुर्व अध्यक्ष संरक्षक अर्जुन गैह्रे , नि . अध्यक्ष , ऋषि डुम्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्श का सचीव जङग बाहादुर गुरुङ , सदस्य भिम नारायण कोइराला, जिल्ला स्याङ्जाका सल्लाहकार लक्षमण अधिकारी, भिम बाहादुर गुरुङ, नरेश के सी , शिव पराजुली लगायत गीत संगीतलाई माया गर्ने गीत संगीत प्रेमी दर्शक हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राम तिवारीले गर्नु भएको थियो भने कार्यक्रम संचालक सस्थाका सचीव राजेश भण्डारीले गर्नुभएको थियो ।