नेपाल पर्यटन वोर्डको सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि पोखरा पर्यटन परिषदको आग्रह

२०८२ बैशाख २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा २९, वैशाख । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले रिक्त रहेको नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित्तताको लागि आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले हस्ताक्षर गरेको अनुरोध पत्रमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई सम्बोधन गर्दै नेपाल पर्यटन वोर्डको रिक्त रहेको उक्त कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व सुनिश्चित्तताको लागि पहल गर्न अनुरोध गरिएको छ ।

पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि निजि क्षेत्रवाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा रिक्त रहेको उक्त पदमा यस क्षेत्रको प्रतिनिधि अति आवश्यक भएको परिषदका अध्यक्ष पहारीले दाबी गर्नुभयो । कृषि, उर्जा र पर्यटन नै देशको संमृद्धि मुख्य आधार स्तम्भका रुपमा लिई राज्यले अख्तियार गर्ने विभिन्न निति तथा कार्यक्रम अगाडि बढाएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

प्रकृक्ति, संस्कृति र पर्यावरणको अनुपम उपहार हाम्रो भुमि पर्यटनका माध्यमवाट रोजगारी सृजना गर्दै विदेशी मुद्रा आर्जनको अपार सम्भावनालाई ध्यानमा राखी छिटो छरितो एवं सरोकार वाला सहितको संयन्त्रबाट उपलब्धी हासिलका निमित्त नेपाल पर्यटन वोर्डको गठन भएको परिषदले उल्लेख गरेको छ । परिषदका अध्यक्ष पहारीले भन्नुभयो“ मन्त्रीज्युको आगमनसँगै नेपालको पर्यटन विकास र विस्तारमा यहाँले निभाएको भुमिका अविस्मरणीय रहेको छ भने आगामी कार्यक्रम समेत सोहि बमोजिम नै हुनेमा हामी सम्पुर्ण पर्यटन व्यवसायी आशावादी भएका छौं, हामी पर्यटनबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छौं ।” पोखरामा हाल पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । यस समयमा आफुहरुलाई अभिभावक चाहिएको पहारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय