शिक्षकहरुसंग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी हुन्छ : शिक्षामन्त्री पन्त

२०८२ जेष्ठ १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ जेठ । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसंग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभएको हो । विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने बिषयमा सन्दर्भमा आफुहरु शिक्षक महासंघसंग निरन्तर वार्तामा रहेको उहाले बताउनुभयो ।

यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय