नेपाल एयरलाइन्स र महावाणिज्य हङकङ बीच भेटवार्ता

२०८२ जेष्ठ १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हङकङ,१४ जेठ । नेपाल एयरलाइन्सका लागि भर्खर हङकङ आइपुगेका कर्मचारी र नेपाली महावाणिज्य दूतावास,हङकङ बिच बुधबार भेटवार्ता भएको छ ।

नेपाल एयरलाइन्सका लागि मे १७ मा हङकङ आइपुग्नु भएका कन्ट्री म्यानेजर निगि केशी,फाइनान्स म्यानेजर नरेश यादव, एर्पोट म्यानेजर गुरु शरण शाह र नेपाली महावाणिज्य राजदुत हङकङका तर्फबाट सतिस गुरुङ,भोज कुमार भट्टराई र प्रेम विक बीच भेटवार्ता भएको हो ।

वार्ताका क्रम नेपाल एयरलाइन्सकाे छबीलाई अझ उच्चो बनाइ राख्ने र हङकङ र नेपाल बीचको नेपाल एयरलाइन्सको सिधा उडानलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिसयमा छलफल भएको थियो ।

नेपाल एयरलाइन्सले नेपाल हङकङ सातामा दुई दिन सनिवार र मंगलबार सिधा उडान भर्दै आएको छ भने निकट भबिस्यमै सातामा तीन दिन उडान भर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय