वेरोजगारी देशको समस्या हो : महामन्त्री थापा

२०८२ जेष्ठ १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
ललितपुर ,१८ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बेरोजगारी देशको समस्या भएको बताउनुभएको छ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बेरोजगार देशको समस्या भएको बताउनुभएको हो । उहाले राजतन्त्र गणतन्त्रले बेरोजगारी समस्या को समाधान नहुने बताउँदै यसको लागि योजना बनाएर बहस र पहल आवश्यक रहेको बताउनुभयो।

उहाँले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताउनु भयो । उहाँले अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताउनु भयो । राजतन्त्र का लिडर ज्ञानेन्द्र शाह ले राजतन्त्र पुनःस्थापना का लागि बार्गेनिङ को विषय नभई सिधै मैदानमा उत्रिन चुनौति गर्दै महामन्त्री थापाले राजतन्त्र आएपछि के हुन्छ योजना के हो भन्ने प्रश्नको जवाफ चाहिने बताउनु भयो । महामन्त्री थापाले लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लर हरु का साथ अघि बढ्दै गरेको र विश्वासका साथ शिक्षित भएका हामीहरु नेपाली काँग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन भन्ने जिकिर गर्नुभयो। उहाले नेपालको राजसंस्था राजतन्त्रवादी भयो भन्ने बताउँदै नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले न हिजो न भोलि कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसक्ने बताउनुभयो। नेपालको राजा राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह ले म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लाग्ने हो भने यो बार्गेनिङ्ग को विषय नभई सिधा मैदानमा आउनुपर्ने विषय भएको उल्लेख गर्नुभयो। उहाले राजतन्त्र आयो अव गर्ने के हो त राजतन्त्र आउँदै मा सबै समस्या दुर त हुँदैन भन्दै योजना के हो त भन्ने प्रश्न गर्दै उत्तर चाहिने बताउनुभयो।

वेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या हो भन्दै राजतन्त्र आउँदै मा बेरोजगारीको समस्या समाधान त हुँदैन, त्यसको लागि योजना आवश्यक पर्छ नै भन्दै प्रमुख आवश्यकता मा ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताउँदै आवश्यक विषयमा बहस र पहल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।
उहाले अहिले को आफ्नो पार्टीको सभापति शेर बहादुर देउवा अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ तर उहाले भन्दा राम्रो तरिकाले प्रधानमन्त्री चलाउन सक्ने खुबी भएका दर्जनौं नेता आफ्नो पार्टी मा भएको जिकिर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय